१७ औँ दिनमा पनि ‘गौँथली’को क्रेज कायमै, १३ करोड ६४ लाख बढी कमायो
काठमाडौं । नेपाली चलचित्र ‘गौँथली’ ले प्रदर्शनको १७ औँ दिनसम्म पनि दर्शकको राम्रो साथ पाइरहेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्र अहिले पनि देशभरका अधिकांश हलमा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको छ।
निर्माताका अनुसार प्रदर्शनको तेस्रो हप्ताको आइतबारसम्म फिल्मले देशभरबाट १३ करोड ६४ लाख ४६ हजार ५ सय ३५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। हालसम्म ४ लाख ९४ हजार ९ सय १५ वटा टिकट बिक्री भइसकेको जनाइएको छ। यस कमाइसँगै ‘गौँथली’ यो वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये सर्वाधिक ग्रस कलेक्सन गर्ने फिल्म बनेको चलचित्र निर्माण टिमले जनाएको छ।
डा. कपिल रिजालको निर्देशनमा तयार भएको यस चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना तथा लक्ष्मीनाथ तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय रहेको छ।













