१९ श्रावण २०८३, मंगलबार

युनाइटेड अजोड इन्स्योरेन्सका सिइओ भट्टराईले ४ महिनामै दिए राजीनामा, कामु सिइओमा रेना 



काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका सिइओ नारायणकुमार भट्टराईले राजीनामा दिएका छन् । 

सिइओ भट्टराईले सोमबार नै राजीनामा दिएको एक कर्मचारीले अर्थपथलाई बताए । उनी गत चैत्र १० गतेको बोर्ड बैठकले सिइओ नियुक्त भएका थिए । 

सञ्चालक समितिसँग कुरा नमिलेपछि उनले राजीनामा दिएको बताइएको छ । तत्कालीन गुराँस लाइफ इन्स्योरेन्सको सिइओ रहेका भट्टराई बीमा क्षेत्रमा लामो अनुभव हासिल व्यक्ति हुन् । 

सिइओको राजीनामापछि कम्पनीको सञ्चालक समितिले डेपुटी सिइओ रेना रिजाललाई काम सिइओको जिम्मेवारी तोकेको छ ।