बीमाशुल्क नवीकरणबाट जीवन बीमकद्वारा डेढ खर्ब सङ्कलन, नेपाल लाइफ पहिलो स्थानमा
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले बीमालेख नवीकरणबाट १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ९.३६ प्रतिशतले बढी हो।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमकहरूले नवीकरण बीमाशुल्कबाट १ खर्ब ३७ अर्ब ७३ करोड २ लाख रुपैयाँ संकलन गरेका थिए। त्यसको तुलनामा समीक्षा अवधिमा नवीकरण बीमाशुल्क उल्लेख्य रूपमा बढेको देखिएको छ।
नेपाल लाइफ पहिलो स्थानमा
नवीकरण बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ४० अर्ब ६० करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ, जुन अघिल्लो वर्षको ३७ अर्ब २९ करोड ५० लाख रुपैयाँको तुलनामा ८.८९ प्रतिशतले बढी हो।
नेसनल लाइफ इन्स्योरेन्सले १७ अर्ब ७४ करोड ५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गर्दै दोस्रो स्थान हासिल गरेको छ। अघिल्लो वर्षको १६ अर्ब ३७ करोड ८९ लाख रुपैयाँको तुलनामा कम्पनीको संकलन ८.३१ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले १७ अर्ब ६९ करोड ६६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको संकलन ४.७९ प्रतिशतले बढेको छ।
यस्तो छ अन्य कम्पनीहरूको प्रदर्शन
हिमालयन लाइफले १५ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ९ अर्ब १६ करोड ११ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ८४ करोड २८ लाख रुपैयाँ, एसियन लाइफले ७ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ, सिटिजन्स लाइफले ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ तथा मेटलाइफले ५ अर्ब २१ करोड ९१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्।
त्यसैगरी, आइएमई लाइफले ४ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १८ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब १४ करोड ७० लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब २६ करोड ३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्।
जीवन बीमकको नवीकरण शुल्क (रु.लाखमा) :














