सूर्यज्योति लाइफको कुल बीमाशुल्क १३ अर्ब नाघ्याे, जीवन बीमा कोष ५१ अर्ब माथि
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत एक वर्षमा ३८ करोड २ लाख रुपैयाँ नाफा कमाएकाे छ।
बुधबार सार्वजनिक आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ८.५५ प्रतिशतले बढेको हाे ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यस्तै समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १५.९४ प्रतिशतले बढेको छ। असार मसान्तसम्म कम्पनीले १३ अर्ब १६ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ११ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै यस अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ९.२२ प्रतिशतले बढेर १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ पुगेकाे छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ११ अर्ब ८५ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषकाे आकार २३.९२ प्रतिशतले बढेकाे छ। समिक्षा अवधिमा सूर्यज्योति लाइफको जीवन बीमा कोषमा ५१ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ४१ अर्ब ६० करोड ५० लाख रुपैयाँ थियो।
समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ४५ करोड ८० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६० करोड ९२ लाख रुपैयाँ र अन्य इक्विटीमा ६ करोड ९३ लाख रुपैयाँ रहेको छ।
यस्तै शेयरपुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ७.५९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ६.९९ रुपैयाँ थियो। पीई रेसियो ५४.४४ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२२.६८ रुपैयाँ रहेको छ।













