२७ श्रावण २०८३, बुधबार

लगातार दोस्रो दिन पनि सेयर बजार स्थिर, नेप्से २ हजार ६ सय ४२ विन्दुमा राेकियाे



काठमाडौं । लगातार दाेस्राे दिन पनि सेयर बजार स्थिर देखिएकाे छ। हिजाे ० दशमलव ७९ अंकले बढेर २ हजार ६ सय ४१ को विन्दु कायम रहेकाे नेप्से परिसूचक आज पनि ० दशमलव ५५ अंकले बढेर २ हजार ६ सय ४२ विन्दुमै राेकिएकाे छ।

आज वाणिज्य बैंक, फाइनान्स, हाेटल तथा पर्यटन, लगानी र म्युच्युअल फण्ड समुहका उपसूचकमा झिनाे सुधार देखिए पनि बाँकी सबै उपसूचक घटेका छन् ।

यसदिन काराेबार रकम पनि घटेकाे छ। आज ३४८ कम्पनीको ८७ लाख १ हजार ९४४ कित्ता सेयर ३ अर्ब ५३ करोड २१ लाख ५ हजार रुपैँयामा कारोबार भएको छ।

हिजो ३४० कम्पनीको ९५ लाख ३४ हजार २२१ कित्ता सेयर ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैँयामा कारोबार भएको थियो।

आज १०२ कम्पनीकाे सेयर मूल्य बढ्दा माउन एभरेष्ट पावर डेभलपमेन्टकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। यस्तै आज १६५ कम्पनीकाे सेयर मूल्य घटेकाे छ भने ९ वटा कम्पनीकाे सेयर मूल्यमा कुनै घटबढ भएकाे छैन ।