सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुनको मूल्य ५ सय रुपैँयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने सामान्य रुपमा बढेको छ। बुधबार प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार ५ रुपैयाँ बढेर ४ हजार ७ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।













