२८ श्रावण २०८३, बिहिबार

यी हुन् नाइमा एक्स्पोमा राखिएका करोड माथिका ८ गाडी, कसको मूल्य कति ?



काठमाडौं। यही साउन २६ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा अटोप्रेमी तथा सवारीसाधन खरिद गर्न चाहनेहरूको उत्साहजनक उपस्थिति देखिएको छ। एक्स्पोमा विभिन्न ब्रान्डका विद्युतीय, हाइब्रिड तथा पेट्रोलियम सवारीसाधन प्रदर्शनमा राखिएका छन्।

एक्स्पोमा विभिन्न मूल्यस्तरका सवारीसाधन उपलब्ध छन्। विशेषगरी १ करोड रुपैयाँभन्दा माथि मूल्य पर्ने गाडीहरूले पनि एक्स्पोमा आकर्षण बढाएका छन्। कुन ब्रान्डका कुन मोडलको मूल्य कति छ भन्ने चासोसमेत अवलोकनकर्तामा देखिएको छ।

प्रस्तुत छ, अर्थपथले नाइमा एक्सोमा सहभागी विभिन्न ब्रान्डका प्रतिनिधिहरूसँग कुराकानी गरी तयार पारेको १ करोड रुपैयाँभन्दा माथि मूल्य पर्ने गाडीका ब्रान्ड, मोडल तथा भेरियन्टअनुसारको मूल्य सूची :