२८ श्रावण २०८३, बिहिबार

नेप्सेमा ८.८१ अंकको वृद्धि, सर्वोतम पेन्ट्ससहित यी कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । बिहिबार सेयर बजार बढेको छ । आज सेयर बजार परिसुचक नेप्से ८ दशमलब ८१ अङ्कले बढेर २६ सय ५१ दशमलब २१ बिन्दुमा पुगेर बजार बन्द भएको हो।

यसैबीच आज कारोबार रकम पनि बढेको छ । बिहिबार ३ सय ४७ कम्पनीको १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैँयामा कारोबार भएको हो।

हिजो ३ सय ४८ कम्पनीको ८७ लाख १ हजार ९४४ कित्ता सेयर ३ अर्ब ५३ करोड २१ लाख ५ हजार रुपैँयामा कारोबार भएको थियो।  आज १ सय ७१ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको घटेको छ भने १९ कम्पनी स्थिर रहेका छन्।

आजको कारोबारमा सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा १५ प्रतिशतले सकारात्मक सर्किट लागेको छ। त्यस्तै, माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको १४.९९ प्रतिशत, सुपर खुदी हाइड्रोपावरको १३.०२ प्रतिशत, घलेम्दी हाइड्रोको ११.९० प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ५.०९ प्रतिशतले बढेको छ।

कारोबारतर्फ घलेम्दी हाइड्रोको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २९ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको हो।

यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ६९ लाख, सोलु हाइड्रोपावरको १५ करोड ७० लाख, सेन्ट्रल फाइनान्सको १२ करोड २२ लाख, युनाइटेड मोदी हाइड्रोपावरको ११ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ।