२८ श्रावण २०८३, बिहिबार

सुजुकीको नयाँ ‘कनेक्टेड सुजुकी एसेस १२५’ स्कुटर सार्वजनिक



काठमाडौँ। नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा नयाँ सुजुकी एसेस १२५ सार्वजनिक भएकाे छ। सुजुकी मोटरसाइकल नेपालले नाइमा माेबिलिटी एक्सपाेमा सुजुकी एसेस १२५ कनेक्टेड मोडल सार्वजनिक गरेको हाे ।

नयाँ एसेस १२५ कनेक्टेड मोडलमा ब्लुटुथ जडान गरिएको डिजिटल एलसीडी डिस्प्ले राखिएको छ, जसमा ‘सुजुकी राइड कनेक्ट’ को सुविधा छ। यस प्रविधिमार्फत चालकले आफ्नो स्मार्टफोन स्कुटरसँग सहजै जडान गरी यात्राका क्रममा विभिन्न उपयोगी जानकारीहरू प्राप्त गर्न सक्नेछन्।

यस स्कुटरमा ‘टर्न-बाइ-टर्न’ नेभिगेसन (बाटो देखाउने प्रविधि) सँगै पुग्न लाग्ने अनुमानित समय, कल अलर्ट, एसएमएस र ह्वाट्सएप नोटिफिकेसन, मिसकल अलर्ट, फोनको ब्याट्री तथा नेटवर्कको अवस्था, स्पीड अलर्ट, ट्रिप रेकर्डिङ, अन्तिम पटक स्कुटर पार्क गरिएको लोकेसन र सर्भिस रिमाइन्डर जस्ता आधुनिक सुविधाहरू उपलब्ध छन्।

स्मार्ट कनेक्टिभिटीका साथै एसेस १२५ मा सुजुकीको विश्वासिलो १२४ सीसी इन्जिन र दैनिक सहरी यात्रालाई अझ सहज र आनन्ददायी बनाउने व्यावहारिक सुविधाहरूलाई निरन्तरता दिइएको छ।

सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले नयाँ एसेस १२५ कनेक्टेड मोडलमार्फत हामीले नेपालका स्कुटर प्रयोगकर्ताहरूका लागि दैनिक जीवनमा काम लाग्ने उपयोगी स्मार्ट प्रविधि भित्र्याएकाे बताए। कनेक्टिभिटी, सहजता र सुजुकीको भरोसायोग्य पर्फर्मेन्सको यो समिश्रणले गर्दा नयाँ एसेस १२५ हाम्रो प्रडक्ट पोर्टफोलियोमा एक उत्कृष्ट सपोट बनेको उनकाे भनाइ छ।

नयाँ सुजुकी एसेस १२५ कनेक्टेड मोडल हाल जारी नाइमा अटो शो २०२६ को सुजुकी स्टलमा प्रदर्शनीका लागि राखिएको छ, जहाँ अवलोकनकर्ताहरूले यसका कनेक्टेड सुविधाहरूको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।