२९ श्रावण २०८३, शुक्रबार

यी हुन् नाइमा एक्स्पोमा राखिएका सबैभन्दा सस्ता गाडी, कुनको मूल्य कति ?



काठमाडौं। भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा विभिन्न ब्रान्डका विद्युतीय तथा अन्य सवारीसाधन प्रदर्शनमा राखिएका छन्। एक्स्पोमा नयाँ मोडल तथा प्रविधियुक्त गाडीप्रति अटोप्रेमी र सवारीसाधन खरिद गर्न चाहनेहरूको चासो देखिएको छ।

एक्स्पोमा महँगा तथा प्रिमियम गाडीसँगै सीमित बजेटमा खरिद गर्न सकिने विद्युतीय कारहरू पनि प्रदर्शनमा राखिएका छन्। विशेषगरी सस्तो मूल्यमा आधुनिक तथा किफायती गाडी खोज्ने ग्राहकका लागि यी मोडलहरू आकर्षणको केन्द्र बनेका छन्।

प्रस्तुत छ, अर्थपथले नाइमा एक्सोमा सहभागी विभिन्न ब्रान्डका प्रतिनिधिहरूसँग कुराकानी गरी तयार पारेको सबैभन्दा कम मूल्यका ७ सात गाडीको मूल्य सूची :

भोल्ट्स :  मूल्य १८ लाख ५० हजार

विलिङ मिनी ईभी : मूल्य १९ लाख ९९ हजार 

होनरी बोमा: मूल्य २० लाख ९९ हजार 

टाटा टियागो : मूल्य २८ लाख ९९ हजार

बीवाईडी  एट्टो १ : मूल्य ३० लाख ७५ हजार

लीपमोटर टी ०३ : मूल्य ३१ लाख ९९ हजार

टाटा पन्च ईभी : मूल्य ३२ लाख ९९ हजार

मूल्य सूची :