२९ श्रावण २०८३, शुक्रबार

इप्पान र ग्रिड कम्पनीबिच सहयकार्य गर्न समझदारी



काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीबीच सहकार्य गर्न समझदारी भएको छ।

प्रसारण पूर्वाधार विकासका लागि दीर्घकालिन सार्वजनिक-निजी सहकार्य सम्बन्धी समझदारी भएको हो।

समझदारी पत्रमा इप्पानका अध्यक्ष मोहनकूमार डाँगी र आरपीजीसीएलका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले हस्ताक्षर गरेका हुन्।