३१ श्रावण २०८३, आइतबार

इमाडोलमा भायानेटको सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा



काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ललितपुरको इमाडोलमा सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

इमाडोलस्थित रातामकै चोकमा रहेको उक्त शाखा २०८३ भदौ १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ। नयाँ शाखामार्फत इमाडोल तथा आसपासका ग्राहकले इन्टरनेट तथा भायाटिभी जडान, महसुल भुक्तानी, ग्राहक सहायता तथा प्राविधिक सेवाहरू स्थानीय स्तरमै सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार नयाँ शाखाबाट ग्राहक सेवा र भुक्तानी सुविधासँगै प्राविधिक सहायता, फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भार सेवा समेत उपलब्ध हुनेछ। यसले सेवा आवश्यक पर्दा ग्राहकले छिटो र सहज रूपमा प्राविधिक सहयोग प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।

शाखा विस्तारबारे भायानेटको कमर्सियल तथा मार्केटिङ विभागका सहायक उपाध्यक्ष शहिन श्रेष्ठले इमाडोलका ग्राहकलाई लामो समयदेखि सेवा दिँदै आएको बताउँदै नयाँ शाखाबाट स्थानीय स्तरमै थप प्रभावकारी सेवा उपलब्ध गराउने बताए।

उनका अनुसार शाखाबाटै फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भारका प्राविधिक टोली परिचालन हुने भएकाले ग्राहकले यसअघि भन्दा छिटो र प्रभावकारी सेवा पाउनेछन्। नयाँ शाखाको विस्तारले इमाडोल क्षेत्रका ग्राहकप्रतिको कम्पनीको प्रतिबद्धता थप मजबुत बनाएको उनले बताए।

डिजिटल सेवा तथा दैनिक जीवनमा इन्टरनेटको बढ्दो निर्भरतालाई ध्यानमा राख्दै भायानेटले उच्च गतिको भरपर्दो इन्टरनेट तथा गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

नयाँ शाखाको स्थापनाले स्थानीय स्तरमा ग्राहक सेवाको पहुँच विस्तार हुनुका साथै ग्राहकसँगको सम्बन्ध थप मजबुत हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।