३ भदौ २०८३, बुधबार

नेप्सेमा लगातार चौथो दिन गिरावट, परिसूचक २६२२ विन्दुमा समेटियो



काठमाडौं । लगातार चाैथाे दिन पनि सेयर बजारमा गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.२६ अंकले घटेर २६ सय २२ दशमलव २२ अंकमा पुगेर रोकिएको छ।

आज वाण्ज्यि बैंक, हाइड्राेपावर, निर्जीवन बीमा अन्य र व्यापार बाहेक सबै समुहका उपसूचक घटेका छन् । आज १५० वटा कम्पनीको शेयर घटेकोमा ११० वटाको बढेको छ । यस्तै १८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्टकाे सेयर मूल्य १४.९९ र सर्वाेत्तम पेन्टस् इन्डष्ट्रिजकाे सेयर मूल्य १४.९८ प्रतिशत बढेकाे छ।

नेप्सेसँगै यसदिन कारोबार पनि घटेको छ। आज ३४६ कम्पनीको ९५ लाख ४ हजार १२० कित्ता सेयर ३ अर्ब २९ कराेड ५८ लाख ४९ हजार रुपैयाँमा किनबेच भएको छ ।

हिजो ३४७ वटा कम्पनीका १ करोड ५१ लाख कित्ता शेयर ५ अर्ब ७ करोड रुपैयाँमा किनबेच भएको थियो ।