सुनको भाउमा उछाल: एकैदिन प्रतितोला ९,३०० रुपैयाँले बढ्यो, चाँदीकाे कति ?
काठमाडौं । बिहिबिार नेपाली बजारमा सुनको भाउमा उच्च वृद्धि देखिएको छ। हिजो तोलामा २ हजार ७०० रुपैयाँले घटेको सुनको भाउ आज एकैदिन ९ हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा २६० रुपैयाँले बढेर प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।













