कोरोनाको खोप किन्न मन्त्रीहरूको आधा तलव मात्रै काटौती « Arthapath.com
१० असार २०८२, मंगलबार

कोरोनाको खोप किन्न मन्त्रीहरूको आधा तलव मात्रै काटौती



काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाको भ्याक्सीन किन्ने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाविरूद्ध खोप तयार भएका मुलुकहरूबाट खोप खरिद्को प्रक्रिया अघि बढाउने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

सरकारले जी टु जी (सरकारसँग सरकारले) माध्यमबाट खोप खरिद् गर्ने निर्णय भएको उनले बताइन् । यसको समन्वय परराष्ट्र मन्त्रालयले गर्ने उनको भनाइ थियो । कोरोनाको भ्याक्सीन आयात गर्नका लागि सरकारले तीन सदस्यीय समितिसमेत गठन गरेको छ ।

समितिमा अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित रहेका छन् । यो समितिले कहाँ–कहाँ भ्याक्सिन बनिरहेको छ, कहिले र कुन प्रक्रियाबाट ल्याउने भन्नेबारेमा अध्ययन तथा तयारी गर्ने छ  ।

बैठकले आगामी चैत मसान्तसम्म मन्त्रीहरूको आधा तलब कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । तलबको आधा रकम सोझै कोषमा जम्मा हुने ब्यबस्था मिलाईएको छ ।


प्रतिक्रिया दिनुहोस्