५ भदौ २०८३, शुक्रबार

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर



काठमाडौँ । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति खारेज गरिदिएको छ। न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार श्रेष्ठको पदबहाली गैरकानुनी ठहर गर्दै बदर गरेको हो।

निगम सञ्चालक समितिका सदस्य उपेन्द्रबहादुर कार्कीले श्रेष्ठको नियुक्ति नियमविपरीत भएको भन्दै असार ३२ गते अदालतमा रिट दिएका थिए। उनले श्रेष्ठको पद खारेज गरी योग्यताका आधारमा आफूलाई कार्यकारी अध्यक्ष बनाउन परमादेश माग गरेका थिए।

यसअघि पनि मन्त्रालयले योग्यता क्रममा अगाडि रहेका कार्कीलाई पाखा लगाउँदै सञ्चालक समिति चयन गरेपछि अदालतले उक्त ‘पिक एन्ड चुज’ निर्णय रद्द गरेको थियो। अदालतको आदेशपछि कार्की सञ्चालक समितिमा त समेटिए, तर कार्यकारी अध्यक्षमा पुनः श्रेष्ठलाई नै ल्याइएपछि उनी दोस्रो पटक कानुनी उपचारका लागि सर्वोच्च पुगेका हुन्।