लगातार तेस्रो दिन पनि बढ्याे सुनकाे मूल्य, प्रतितोला ३ लाख १९ हजार नाघ्दा चाँदीमा भने गिरावट
काठमाडौं । आइतबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुन प्रतिताेला २ हजार ८ सय रुपैयाँले बढेको हाे ।
यसअघि गत गत बिहिबार सुन ताेलमा एकैदिन ९ हजार ३०० र शुक्रबार ३ हजार ३०० रुपैयाँले बढेको थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यता आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबारचाँदी तोलाको ४ हजार ९८५ रुपैयाँमा किनबेच भएको थियो।















