टीसीएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
काठमाडौं । विश्वव्यापी प्रसिद्ध होम इन्टरटेनमेन्ट र होम इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले एयर कन्डिसनर व्यवसायमा ऐतिहासिक सफलता हात पारेको छ । ‘फ्रस्ट एन्ड सुलिभान’ द्वारा जारी बजार प्रतिवेदन अनुसार, सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिक अवधिसम्ममा टीसीएल एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघेको छ ।
सन् २०२६ जुनमा जारी गरिएको उक्त प्रतिवेदनले विश्व बजारमा टीसीएलको बढ्दो उपस्थिति र उपभोक्ताको विश्वासलाई थप पुष्टि गरेको छ ।
चिनियाँ बजारमा पनि टीसीएलले उल्लेख्य उपलब्धि हासिल गरेको छ । ‘चाइना आईओएल’ को तथ्याङ्कअनुसार सन् २०२४ मा टीसीएलले १ करोड ९१ लाख ७० हजार युनिट घरेलु एयर कन्डिसनर उत्पादन गरेको थियो, जसका आधारमा यो उत्पादनका दृष्टिले शीर्ष तीन कम्पनीभित्र पर्न सफल भएको छ ।
सोही अवधिमा १ करोड ३८ लाख १० हजार युनिट निर्यात गर्दै टीसीएल चीनबाट एयर कन्डिसनर निर्यात गर्ने दोस्रो ठूलो कम्पनी बनेको छ । चीनका शीर्ष तीन निर्यातकर्तामध्ये टीसीएलको निर्यात वृद्धिदर सबैभन्दा उच्च रहेको छ ।
कम्पनीले विश्वभरका विभिन्न बजारहरूमा आफ्नो उत्पादन प्रविधि, ऊर्जा दक्षता, स्मार्ट कनेक्टिभिटी र प्रयोगकर्ता–केन्द्रित सुविधामा निरन्तर लगानी गर्दै आएको छ । टीसीएलका अनुसार यो सफलता उत्पादन क्षमतामा मात्र सीमित नभई अनुसन्धान तथा विकास, प्रविधि, आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय बजार विस्तारमा भइरहेको निरन्तर प्रगतिको परिणाम हो । आधुनिक प्रविधि र नवीनताकै कारण टीसीएलले विश्वभरका उपभोक्ताको मन जित्न सफल भएको कमपनीले जनाएको छ ।
नेपाली बजारमा पनि टीसीएलको उपस्थिति र लोकप्रियता बढ्दै गएको छ । नेपालमा टीसीएलका उत्पादनहरू सिजी इलेक्ट्रोनिक्स मार्फत बिक्री तथा वितरण हुँदै आएका छन् । टीसीएलले नेपाली उपभोक्ताका लागि विभिन्न क्षमता र सुविधाका एयर कन्डिसनरहरू उपलब्ध गराउँदै आएको छ, जसले घरायसी र व्यावसायिक दुवै वर्गका आवश्यकता पूरा गरेको छ ।
विश्वव्यापी रूपमा हासिल गरेको यो सफलताले नेपाली उपभोक्तामाझ ब्रान्डप्रतिको विश्वास थप बलियो बनाउने कम्पनीको अपेक्षा छ । नेपालमा विशेषगरी टीसीएलका टिभी, एयर कन्डिसनर, वासिङ मेसिन, रेफ्रिजेरेटर र वाटर डिस्पेन्सर जस्ता उत्पादनहरू लोकप्रिय छन् ।
आधुनिक प्रविधि, आकर्षक डिजाइन र प्रतिस्पर्धी मूल्यका कारण यी उत्पादनहरू नेपाली उपभोक्ताको रोजाइमा पर्दै आएका छन् । सिजी इलेक्ट्रोनिक्सले टीसीएललाई नेपाली बजारमा एक भरपर्दो र नवीन होम इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा स्थापित गर्दै आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै लैजाने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।
















