७ भदौ २०८३, आइतबार

प्रभु महालक्ष्मी लाइफको क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न



काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको उच्च तह चियरम्यान क्लव तथा सिईओ क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ ।

पर्यटकीय सहर पोखरामा भाद्र ४ देखि ७ गतेसम्म ४ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भब्य रुपमा सम्पन्न भयो ।

कार्यक्रममा सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले अभिकर्ता पेशालाई मर्यादित, सम्मानित पेशाका रुपमा अंगालेर उत्कृष्ट व्यवसाय गरी अवार्डेड हुनु भएका सबै अभिकर्ताहरुलाई कम्पनीले गरेको सम्मानले अझ हौसला प्रदान गर्ने र आगामी दिनमा पनि कम्पनीका तर्फबाट उच्च मनोबलका साथ व्यवसाय गर्न साथ, सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन्।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले लगनशिलता, निरन्तरताले प्राप्त सफलता नै साँचो सफलता हो, तपाईहरुको सफलतालाई उत्सवका रुपमा सम्मान गर्न पाउनु कम्पनीका लागि गर्वको विषय रहेको बताए ।

टिम वर्कले नै सफलता सम्भव हुने हुनाले यसमा काम गरी अगाडी बढ्दा आगामी वर्ष अझ ठूला सफलता हात पर्ने विश्वास समे उनले व्यक्त गरे।

कार्यक्रममा आचार्य राजा बाबु साहको पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथ ट्रेनिङ सेसनले अभिकर्ताहरुको व्यवसायीक क्षमता वृद्धि गर्न उर्जा प्रदान गरेको थियो ।

कम्पनीका संचालक समिति सदस्य, व्यवस्थापक, अभिकर्ताहरु गरी देशैभरीबाट करिब २०० जनाको कार्यक्रममा उपस्थिति रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई कम्पनीको उच्च तह चियरम्यान क्लव, तथा दोस्रो उच्च तह सिईओ क्लव अवार्डबाट भब्य रुपमा विशेष सम्मान गरेको थियो ।

कार्यक्रममा नेपाली चलचित्रका प्रसिद्ध अभिनेता, मोडल तथा निर्माता श्री प्रदिप खड्का ज्यूको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष समय लिएर अभिनेता प्रदिप खड्काले आफ्नो संघर्ष र सफलताका वास्तविक जीवन कहानीलाई रोचर एवं प्रेरणादायी रुपमा प्रस्तुत गरेका थिए ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेकोछ ।