सन्राइज फोकस्ड इक्विटी फण्डका इकाईधनीले ४.५ प्रतिशत नगद लाभांश पाउने
काठमाडाैं । लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा भएको छ।
लक्ष्मी सनराइज बैंकद्वारा प्रवर्द्धित तथा लक्ष्मी सनराइज क्यापिटल व्यवस्थापक रहेकाे लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरूले ४.५ प्रतिशत नगद लाभांश (कर सहित) पाउने भएका हुन् ।
गत शुक्रबार बसेको फण्डको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले योजनाको इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।














