८ भदौ २०८३, सोमबार

सामसङको मनसुन अफर: २३ प्रतिशत क्यासब्याकसँगै साउण्डबार र नेट टिभी निःशुल्क



सामसङ नेपालले आफ्ना टिभी तथा होम अप्लायन्सेसमा २३ प्रतिशतसम्मको क्यासब्याक र आकर्षक उपहारसहित विशेष मनसुन अफर सार्वजनिक गरेको छ।

सीमित अवधिका लागि ल्याइएको अफरअन्तर्गत सामसङका टिभी, वाशिङ मेशिन र रेफ्रिजेरेटर खरिदमा विभिन्न छुट तथा उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

अफरअन्तर्गत चुनिएका टिभी मोडलको खरिदमा १२ महिनासम्मको निःशुल्क नेट टिभी सब्सक्रिब्सन तथा केही मोडलमा निःशुल्क साउण्डबार समेत उपलब्ध हुनेछ। नियाे क्यु एलइडी टीभिमा ७ प्रतिशतसम्म, मिनी एलइडीमा ६ प्रतिशतसम्म, क्यु एलइडीमा १८ प्रतिशतसम्म, युएचडीमा १२ प्रतिशतसम्म, एफएचडीमा ७ प्रतिशतसम्म र एची टिभीमा २१ प्रतिशतसम्म क्यासब्याक उपलब्ध रहेको कम्पनीले जनाएको छ।

मिनी एलइडीको ८५ इन्च तथा युएचडीको ७५ इन्च मोडल खरिद गर्दा रु. ४९ हजार ९९९ मूल्यको साउन्ड बार निःशुल्क उपलब्ध हुनेछ। साथै, नियाे क्यु एलइडी, मिनी एलइडी, क्यु एलइडी र युएचडी टिभीमा १२ महिनाको तथा एफएचडी र एचडी टिभीमा ६ महिनाको निःशुल्क नेट टिभी सब्सक्रिप्सन उपलब्ध हुनेछ।

वाशिङ मेशिनतर्फ ७ देखि १२ केजी क्षमताका विभिन्न मोडलमा क्यासब्याकको व्यवस्था गरिएको छ। ९ देखि ११ केजी क्षमताको एआई इकोबबल वासर ड्रायरमा २३ प्रतिशतसम्म र ९ देखि १२ केजी क्षमताको एआई इकोबबल फ्रन्ट लोडमा २२ प्रतिशतसम्म क्यासब्याक पाइनेछ।

त्यस्तै, ८ केजी क्षमताको फुल्ली अटोमेटिक टप लोड तथा ७ केजी क्षमताको सेमी अटोमेटिक टप लोडमा १२ प्रतिशतसम्म क्यासब्याक उपलब्ध छ। चुनिएका फ्रन्ट लोड मोडलमा सर्फ एक्सेल म्याटिक पाउडर एफएल ६ केजी र फुल्ली अटोमेटिक टप लोड मोडलमा सर्फ एक्सेल म्याटिक पाउडर एफएल १ एल समेत निःशुल्क उपलब्ध गराइनेछ।

रेफ्रिजेरेटरतर्फ पनि विभिन्न सेग्मेन्टमा आकर्षक क्यासब्याकको व्यवस्था गरिएको छ। ७०० लिटर क्षमताको साइड-बाई-साइड रेफ्रिजेरेटरमा ११ प्रतिशतसम्म, ३५० देखि ४१९ लिटरका फाइभ इन वान मोडलमा १५ प्रतिशतसम्म, २५३ देखि २७५ लिटरका डबल डोर मोडलमा १७ प्रतिशतसम्म तथा १९२ देखि २३० लिटरका सिंगल डोर मोडलमा १५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।

कम्पनीका अनुसार यस अफरले उपभोक्तालाई घरायसी उपकरण अपग्रेड गर्न सहज बनाउने उद्देश्य राखेको छ। नयाँ प्रविधि र स्मार्ट सुविधासहितका उपकरणमा आकर्षक क्यासब्याक तथा उपहार उपलब्ध गराइएकाले उपभोक्ताले आफ्नो आवश्यकता र बजेटअनुसार उपकरण छनोट गर्न सक्नेछन्।

यसका साथै, हुलास फिनसर्व हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सर्भिस मार्फत सामसङका होम अप्लायन्सेस २४ महिनासम्मको इएमआई योजनामा खरिद गर्न सकिनेछ। पुराना उपकरण साटेर नयाँ सामसङ होम अप्लायन्सेस खरिद गर्न चाहने ग्राहकले अर्कोस्टोर वा नेपालभर रहेका सामसङका अधिकृत रिटेल स्टोरमार्फत एक्सचेन्ज सुविधा समेत लिन सक्नेछन्।

सामसङ नेपालका अनुसार मनसुन अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। अफर तथा उपलब्ध मोडलसम्बन्धी थप जानकारीका लागि उपभोक्ताले नजिकैको सामसङ अधिकृत स्टोरमा सम्पर्क गर्न सक्नेछन्।