९ भदौ २०८३, मंगलबार

नेपालमा एसेम्बल हुने सवारी साधनलाई सरकारले विशेष सहयोग गर्नुपर्छ: अध्यक्ष उप्रेती



काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सवारी साधनलाई विलाशी वस्तुको रूपमा हेरिन नहुने बताएका छन् ।

आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको १८औँ नाडा अटो शो २०२6 को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै कार्यक्रममा उनले नेपालमै एसेम्बल भइरहेका सवारी साधनहरूको प्रवर्द्धन र विकासका लागि सरकारबाट विशेष सहयोगको अपेक्षा गरिएको बताए।

साथै, देशमा नीतिगत स्थिरता कायम गर्न आग्रह गर्दै अटो व्यवसायीहरू सरकारका प्रतिस्पर्धी नभई सहयात्री र सहयोगी रहेको स्पष्ट पारे।

आगामी भदौ १४ गतेसम्म चल्ने नाडा अटो शोमा दुई सयभन्दा बढी स्टल रहेका छन् भने प्रदर्शनीमा यात्रुवाहक सवारीसाधनका २३, हल्का व्यावसायिक सवारीसाधनका १७ र दुईपाङ्ग्रे सवारीसाधनका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी भएका छन्।