चार दिनको लगातार वृद्धिपछि मंगलबार सामान्य घट्यो सुनकाे मूल्य, चाँदी पनि सस्तियो
काठमाडाैं। लगातार ४ दिन बढेकाे सुनकाे मूल्य मंगलबार घटेकाे छ। आज सुन तोलामा ५ सय रुपैयाँले घटेको हाे ।
यसअघि गत गत बिहिबार सुन ताेलमा एकैदिन ९ हजार ३००, शुक्रबार ३ हजार ३००, आइतबार २ हजार ८ सय र साेमबार ३ हजार २ सय रुपैयाँले बढेको थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९६५ रुपैयाँमा किनबेच भएको थियो।
















