आईफोन किन्ने ग्राहकलाई नबिल बैंकको विशेष अफर, शून्य ब्याजमा किस्ता सुविधा
काठमाडौं । नबिल बैंकले क्रेडिट कार्डधारी ग्राहकलाई लक्षित गर्दै कुनै अतिरिक्त ब्याज नलाग्ने किस्ताबन्दी सुविधामार्फत आईफोन खरिद गर्न सकिने योजना ल्याएको छ । बैंकले यसलाई ‘बाइ नाउ-पे लेटर’ योजनाका रूपमा अघि सारेको हो ।
योजनाअन्तर्गत ग्राहकले नबिलको ‘एन बैंक मार्केटप्लेस’ प्रयोग गरेर आफूलाई आवश्यक आईफोन मोडल रोजी किस्तामा खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार भुक्तानीका क्रममा नबिल क्रेडिट कार्ड प्रयोग गर्दा किस्ताको रकममा ब्याज थपिने छैन ।
यो सुविधा लिन ग्राहकले ‘एन बैंक’ एप खोलेर ‘एन बैंक मार्केटप्लेस’ मा प्रवेश गर्नुपर्नेछ । त्यहाँ उपलब्ध ‘बाइ नाउ पे लेटर’ सेवा छनोट गरेपछि मोबाइल नम्बर र खाता नम्बर प्रमाणीकरण गर्नुपर्नेछ ।
प्रमाणीकरणपछि मोबाइलमा प्राप्त ओटीपी राखी नबिल क्रेडिट कार्ड चयन गर्नुपर्ने बैंकले जनाएको छ । त्यसपछि ग्राहकले आईफोन खरिद गर्ने बिक्री केन्द्र तथा आफ्नो रोजाइको मोडल छान्नुपर्नेछ । आवश्यक विवरण पूरा गरी अन्तिम चरणमा पिन नम्बर प्रविष्ट गरेपछि आवेदन प्रक्रिया सम्पन्न हुनेछ ।
















