११ भदौ २०८३, बिहिबार

भोटेकोशी बाढी अपडेटः १६५ जनाको शव फेला, खोजी र उद्धार तीव्र पार्न सर्वदलीय बैठक जारी



 काठमाडौं । रसुवाको भोटेकोशी नदीमा चीनतर्फबाट आएको भीषण बाढी पहिराेमा परी ज्यान गुमाउनेहरूको संख्या १६५ पुगेको छ। बिहीबार बिहान सवा ८ बजेसम्म १६५ जनाको शव फेला परेको सरकारी तथ्यांक छ ।

हालसम्मको विवरणअनुसार सबैभन्दा बढी चितवनमा ६५ वटा शव फेला परेका छन्। त्यसैगरी, धादिङमा २७, पूर्वी नवलपरासीमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, पश्चिम नवलपरासीमा ५ र रसुवामा २ वटा शव फेला परेको सरकारी तथ्यांकमा उल्लेख छ।

विपद्का कारण बेपत्ता भएकाहरूको खोजी तथा उद्धारको काम आज बिहानैदेखि थप तीव्र पारिएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको कामलाई अझ बढी प्रभावकारी, व्यवस्थित र एकद्वार प्रणालीमार्फत अगाडि बढाउन अहिले सम्बन्धित निकाय र दलहरूको सहभागितामा सर्वदलीय बैठक समेत बसिरहेको छ।