११ भदौ २०८३, बिहिबार

प्रधानमन्त्री बालेन र मन्त्री लम्साल सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्रकाे स्थलगत निरिक्षणका लागि नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन् ।

बिहिबार बिहान प्रधानमन्त्री बालेनसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ​ आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै उनीहरू बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेका हुन् ।

बुधबार रसुवाको भोटेकोसी हुँदै आएको बाढीले ३ जिल्लाका नदी तटीय क्षेत्रहरूमा व्यापक मात्रामा जनधन क्षति गरेको छ।