११ भदौ २०८३, बिहिबार

विपद् पीडितलाई सहयोग गर्न अनलाइन गेटवे सुरु, रकम पठाउन कारोबारको सीमा हट्यो



विपद् प्रभावितका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय दाता लक्षित अनलाइन गेटवे सञ्चालनमा आएको छ भने राष्ट्र बैंकले रकम पठाउने सीमा पनि हटाएको छ।

काठमाडाैँ । विपद्बाट प्रभावित नागरिकहरूलाई सहयोग पुर्‍याउन चाहने अन्तर्राष्ट्रिय दाताहरूका लागि लक्षित गर्दै नयाँ अनलाइन गेटवे सञ्चालनमा ल्याइएको छ। यस नयाँ व्यवस्थासँगै अब विश्वका जुनसुकै कुनाबाट पनि नेपालका विपद् पीडितहरूका लागि छिटो, छरितो र सुरक्षित रूपमा आर्थिक सहयोग जुटाउन सहज हुने अपेक्षा गरिएको छ।

सञ्चालनमा आएको यस नयाँ अनलाइन गेटवेमार्फत सहयोग गर्न चाहने दाताहरूले सजिलै कार्ड र क्यूआर कोडको प्रयोग गरेर रकम पठाउन सक्ने व्यवस्था मिलाइएको छ। यसले गर्दा कागजी प्रक्रिया र लामो बैंकिङ झन्झट बिना नै सिधै सहयोग रकम सम्बन्धित कोषसम्म पुग्न सक्नेछ।

यसैबीच, यस प्रक्रियालाई अझ व्यावहारिक र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले महत्वपूर्ण कदम चालेको छ। केन्द्रीय बैंकले आजैमात्र एक विशेष परिपत्र जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहायता रकम ट्रान्सफर गर्दा अब कुनै पनि प्रकारको कारोबारको सीमा नलाग्ने व्यवस्था गरिदिएको छ।

राष्ट्र बैंकको यो निर्णयले ठूलो परिमाणमा सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय दाताहरूलाई थप सहजता प्रदान गर्नेछ।

यो नयाँ प्रविधि र नीतिगत सहजताले देशमा आइपरेकाे विपद्का घटनाहरूमा उद्धार, राहत र पुनस्थापनाको कामलाई द्रुत गतिमा अघि बढाउन ठूलो सघाउ पुग्ने विश्वास लिइएको छ।

लिंकमा जान यहाँ क्लिक गर्नुहाेस् ।