१२ भदौ २०८३, शुक्रबार

नाडा अटो शोमा शिखर इन्स्योरेन्सको एकछत्र राज, भिजिटरलाई लक्की ड्रमा के छ?



काठमाडौँ । भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ मा नयाँ मोडलका कार, अत्याधुनिक ईभी र आकर्षक बाइकहरूको बाक्लो उपस्थिति छ। तर, मेलामा केवल सवारीसाधनको मात्रै चर्चा छैन, सवारी खरिदसँगै अनिवार्य जोडिने सुरक्षा र आर्थिक जोखिम व्यवस्थापनका लागि ‘ शिखरको उपस्थितिले मेलाको रौनक थप बढाएको छ।

अटो शोको इन्स्योरेन्स पार्टनरका रूपमा शिखर इन्स्योरेन्सले आफ्नो स्टलमार्फत अटो शोमा आउने हजारौँ आगन्तुकलाई बीमासम्बन्धी जानकारी र सेवा एकै थलोबाट दिइरहेको छ। रोचक कुरा त के छ भने, नाडा अटो शोको सह प्रायोजक समेत रहेको शिखर इन्स्योरेन्सको यस मेलामा एकछत्र राज छ । अन्य कुनै पनि बीमा कम्पनीको शोमा उपस्थीति देखिएन। यस अर्थमा पनि नाडामा शिखरको एकछत्र राज छ।

गाडी वा बाइक बुक गरेपछि उपभोक्ताको पहिलो खोजी नै भरपर्दो बीमा कम्पनी हुने गर्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै शिखर इन्स्योरेन्सले नाडा अटो शोमा आफ्नो बलियो र आक्रामक उपस्थिति जनाएको छ। मेलामा सवारीसाधनको खरिदसँगै ग्राहकलाई तत्कालै बीमा सुरक्षाको ग्यारेन्टी, दाबी प्रक्रियाको सहजीकरण र तेस्रो पक्ष बीमाको महत्त्वबारे बुझाउन शिखर इन्स्योरेन्स लागि परेको छ।, जसले गर्दा अटो शोमा शिखरको भूमिका अतुलनीय र ‘एकछत्र’ जस्तै बनेको हो।

सवारी बीमाको महत्व बुझाउँदै शिखर

शिखर इन्स्योरेन्सले आफ्नो स्टलमार्फत आगन्तुकको ध्यान तानिरहेको छ। नयाँ सवारीका मोडल, प्रविधि र सुविधाबारे जानकारी लिन पुगेका भिजिटरलाई कम्पनीले सवारी बीमाको महत्वसँगै आफ्ना सेवा तथा सुविधाबारे प्रत्यक्ष जानकारी दिइरहेको छ।

सवारीसाधन खरिद गर्दा मूल्य, डिजाइन र प्रविधिसँगै बीमा सुरक्षालाई पनि ध्यान दिनुपर्नेमा कम्पनीले जोड दिएको छ । विशेषगरी सरकारले अनिवार्य गरेको तेस्रो पक्ष मोटर बीमाका प्रावधानबारे आगन्तुकलाई शिखर इन्स्योरेन्सले जानकारी दिँदै आएको छ।

सवारीको संख्या बढेसँगै दुर्घटनाको जोखिम पनि कायम रहेकाले मोटर बीमा आर्थिक जोखिम व्यवस्थापनको महत्वपूर्ण माध्यम बन्ने कम्पनीको भनाइ छ। दुर्घटनाबाट सवारीमा क्षति हुँदा उत्पन्न हुन सक्ने ठूलो आर्थिक भार घटाउन बीमाले सहयोग गर्ने भएकाले यसलाई अतिरिक्त खर्च नसोची जोखिम व्यवस्थापनको साधनका रूपमा लिनुपर्नेमा कम्पनीले जोड दिएको छ ।

भिजिटरलाई लक्की ड्रमा के छ?

अटो शो अवधिभर स्टलमा आउने आगन्तुकलाई लक्षित गर्दै कम्पनीले दैनिक लक्की ड्रको व्यवस्था पनि गरेको छ । सहभागी हुन इच्छुकले आफ्नो विवरण दर्ता गरी कम्पनीले उपलब्ध गराएको कुपन लक्की ड्र बक्समा राख्न सक्नेछन् । प्रत्येक दिन ड्रमार्फत विजेता छनोट गरिने कम्पनीले जनाएको छ।

लक्की ड्रका पहिलो विजेताले नगरकोटस्थित रेस्टुरेन्टमा खाने तथा बस्ने सुविधा पाउनेछन् भने दोस्रो विजेतालाई एक वर्षका लागि नि:शुल्क स्वास्थ्य बीमा उपलब्ध गराइनेछ। अन्य उपहारसमेत प्रदान गरिने कम्पनीको भनाइ छ ।

अटो शोमा आउने सर्वसाधारणलाई बीमाबारे जानकारी गराउनुका साथै स्टलमा सहभागिता बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

शिखर इन्स्योरेन्सले अटो प्लस बीमा योजनामार्फत नाडामा आगन्तुकहरुको ध्यान तानिरहेको छ। सम्पुर्ण खर्च शिखरले बेहोर्छ भन्ने नाराका साथ शिखरले यो बीमा सेवा उपलब्ध गराइरहेको हो। यसबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।