प्रधानमन्त्री र मन्त्रीको एक महिनाको पारिश्रमिक दैवी प्रकोप कोषमा जम्मा गरिने
काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा योगदान गर्ने भएका छन्। मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।
सरकारका अनुसार भदौ १० गते नेपाल–चीन सीमाक्षेत्र तथा भोटेकोशी नदी क्षेत्रमा भएको घटनालाई ध्यानमा राख्दै प्रधानमन्त्री र मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिने निर्णय भएको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त रकम विपद् व्यवस्थापन तथा प्रभावित क्षेत्रका लागि उपयोग गरिनेछ।
















