१२ भदौ २०८३, शुक्रबार

सांग्रिला मोटर्सद्वारा लिपमोटर सी १० का लागि ७५ लाख ९९ हजार विशेष मूल्य घोषणा



काठमाडौँ। गोल्छा अर्गनाइजेसन अन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले आफ्नो इलेक्ट्रिक एसयूभी, लिपमोटर सी१० २०२६ मोडलका लागि विशेष अफर मूल्य रु. ७५ लाख ९९ हजार घोषणा गरेको छ । त्यसपछि यसको मूल्य रु ७७ लाख ९९ हजार हुनेछ । सी १० को २०२६ मोडलमा अपडेटेड स्मार्ट कनेक्टिभिटी सुविधाहरू समावेश गरिएका छन्, जसमा गाडीको आधिकारिक लिपमोटर एपका साथै एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा रहेको छ ।

सी१० नेपालमा लिपमोटरको सबैभन्दा बढी बिक्री भएको र रुचाइएको गाडी हो । उच्च सुरक्षा र फराकिलो केबिन स्पेसका लागि सेल–टु–चेसिस (सीटीसी) प्रविधिमा निर्मित यस एसयूभीमा १६० किलोवाटको इलेक्ट्रिक रियर ह्वील ड्राइभ (आरडब्लूडी) मोटर रहेको छ जसले एक पटकको फुलचार्जमा ५३० किमी रेन्ज (सीएलटीसी) र १९० एमएम ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ।

सी१० को इन्टेरियरमा १४.६–इन्चको सेन्ट्रल टचस्क्रिन, १०.२५–इन्चको डिजिटल ड्राइभर डिस्प्ले, २.१ वर्ग मिटरको प्यानोरमिक ग्लास रूफ, एल२ एडीएएस सुरक्षा सुविधाहरू र आरामदायक  प्रिमियम लेदरेट सिटहरू रहेका छन् ।

सांग्रिला मोटर्सले सम्पूर्ण अवलोकनकर्ता तथा ग्राहकहरूले देखाउनुभएको विश्वास र सहयोगका लागि हार्दिक आभार प्रकट गरेको छ । माजेराटि, अल्फा रोमियो र प्युजो जस्ता विश्वप्रसिद्ध १४ वटा ब्राण्डहरूको प्रख्यात अटोमोटिभ समूह ’स्टेलान्टिस’को विश्वव्यापी सहकार्यमा सञ्चालित लिपमोटर चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेहिकल (एनईभी) ब्राण्ड हो ।

लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ, जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएका थिए । विश्वका ५० भन्दा बढी देशहरूमा फैलिएको १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विस्तृत सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई पूर्ण रूपमा ढुक्क र विश्वस्त स्वामित्वको प्रदान गर्दै आएको छ ।