१२ भदौ २०८३, शुक्रबार

दुई वाणिज्य बैंकद्वारा लाभांश घोषणाः सानिमाले नगद मात्रै दिने, एभरेष्टले कति दिँदैछ त यसपटक ?



काठमाडाैं । दुई वाणिज्य बैंकले सेयरधनीहरूका लागि लाभांश घाेषणा गरेका छन् । सानिमा बैंक र एभरेष्ट बैंक लिमिटेडकाे सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घाेषणा गरेका हुन् ।

सानिमा बैंकले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

यस्तै, बैंकको सोही सञ्चालक समितिको बैठकले ८.२५ प्रतिशत अग्राधिकार सेयर पनि वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रूपैयाँ छ।

एभरेष्ट बैंकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। गत वर्ष बैंकले २० प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष लाभांश दर केही घटेको छ।