आज एकैदिन साढे ९ हजार रूपैयाँले घट्याे सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ?
काठमाडौं । नेपाली बजारमा आइतबार लगातार पाचाैँ दिन पनि सुनकाे मूल्य घटेकाे छ। गत मंगलबार देखि घट्दाे क्रममा रहेकाे सुनकाे मूल्य आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण भएकाे छ । अघिल्लो दिन गत शुक्रबार छापावाल सुन ३ लाख १८ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियो ।
चाँदी आज तोलामा १८५ रुपैयाँ घटेको छ । शुक्रबार ४ हजार ९६५ रुपैयाँ रहेको चाँदीको भाउ आज ४ हजार ७८० रुपैयाँमा कारोबार भएको छ ।













