१५ भदौ २०८३, सोमबार

सुनको मूल्य घट्ने क्रम आज पनि जारी, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको छ।

योसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो। आइतबार पनि सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको थियो।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदीको यही मूल्य कायम थियो।