हिमालयन बैंकका नवनियुक्त अध्यक्ष अर्यालले लिए सपथ
काठमाडौं । हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष डा. बैकुण्ठ अर्यालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व नाथ पौडेल सामक्ष अर्यालले सपथ ग्रहण गरेका हुन् ।
आइतबार बसेको सञ्चालक समितिको ५०६औं बैठकले बैंकले नयाँ अध्यक्षका रूपमा पूर्वमुख्यसचिव डा बैकुण्ठ अर्याललाई नियुक्त गरेको हो ।
बैंकको संस्थापक समूह तर्फका शेयरधनी नेश्नल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गरेका पूर्वमुख्यसचिव तथा बैंकका सञ्चालक अर्याललाई भदौ १४ गते देखि लागु हुने गरी बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।










