१६ भदौ २०८३, मंगलबार

शंकर ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा ४ करोड सहयोग



काठमाडाैं । शंकर ग्रुपले गत भदाै १० गते रसुवामा आएको बाढीपहिराेमा बेपत्ता तथा मृततका परिवारकाे राहत तथा पुनर्स्थापना कार्यका लागि  ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेकाे छ।

शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीसमक्ष भेट गरी प्रधानमन्त्री राहत कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।  

ग्रुपले यसअघि नै विपद्को तेस्रो दिन गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको छ।

कठिन घडीमा ज्यान जोखिममा पारेर उद्धार र राहत कार्यमा अहोरात्र खटिने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी अधिकारीहरू तथा स्वयंसेवकहरूप्रति उच्च सम्मान र आभार प्रकट गरेको छ।

राष्ट्रिय सङ्कटको यस बेला सरकार र नागरिकको साथमा काँधमा काँध मिलाएर उभिनु आफ्नो कर्भतव्य भएको उल्लेख गर्दै ग्रुपले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।