१७ भदौ २०८३, बुधबार

भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री कोषमा इन्फिनिटी लघुवित्तको ७ लाख १७ हजार सहयोग



काठमाडौं। भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावितका लागि इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख १७ हजार ३४८ रुपैयाँ सहयोग गरेको छ।

गएको भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। विपद्को यस घडीमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले संस्था र कर्मचारीहरूका तर्फबाट उक्त रकम प्रदान गरिएको लघुवित्तले जनाएको छ।

बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, प्राकृतिक विपद्का कारण सम्पर्कविहीन भएका सर्वसाधारण, वित्तीय संस्थाका कर्मचारी र उनीहरूका परिवारले व्यहोर्नुपरेको पीडाप्रति गहिरो सहानुभूति प्रकट गर्दै नेपाल सरकारको राहत अभियानमा ऐक्यबद्धता जनाएको छ।