१८ भदौ २०८३, बिहिबार

दिपशिखा धितोपत्र ब्रोकर कम्पनीद्वारा बाढी पीडितका लागि १५ लाख सहायता



काठमाडौँ । स्टक ब्रोकर (धितोपत्र दलाल) कम्पनी दिपशिखा धितोपत्र कारोबार कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले नबिल बैंकको खाताबाट बिहीवारमात्रै १५ लाख रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ ।

भोटेकोशी (त्रिशुली) नदीमा आएको विनासकारी भेलबाढीका कारण घरबास र परिवार गुमाएको पीडितको राहत तथा उद्धारका लागि उक्त सहयोग गरिएको कम्पनीका अध्यक्ष विष्णु ओझाले बताए ।