१८ भदौ २०८३, बिहिबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग



काठमाडौँ । बाढी प्रभावितकाे उद्दार, राहत तथा पुनर्स्थापनामा सहयाेग पुर्‍याउने उदेश्यले रिद्धि सिद्धि र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयाेग गरेकाे छ।

बाढी प्रभावितकाे राहत, पुनस्थापना अनि पुनर्निर्माण हामी सबैको दायित्व र जिम्मेवारी बोध गर्दै रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ जम्मा गरेको छ ।

जसमा रिद्धि सिद्धि सिमेन्टले ५१ लाख र सौर्य सिमेन्टले ५० लाख रूपैयाँ याेगदान गरेका छन् । रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकार न्यौपानेले अर्थमन्त्रीलाई रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवारका तर्फबाट १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

यस्तै विनाशकारी बाढीमा परेर ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कठिन समयमा रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवार प्रभावित नागरिक र सरकारको साथमा रहेकाे बताएकाे छ।

यो कठिन समयमा बाढी प्रभावित नागरिकको सेवार्थ खटिएका उद्धारकर्मी, राहतकर्मी, सुरक्षाकर्मी, प्रशासन, स्वास्थ्यकर्मी लगायत सबै सहयोगी हातहरूप्रति सम्मान तथा आभार व्यक्त गरेको छ।