१८ भदौ २०८३, बिहिबार

लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ कराेड २४ लाख रुपैयाँ सहयोग



काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ कराेड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घरपरिवार, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधार समेत प्रभावित भएका छन्। तत्कालीन उद्धार तथा राहतका प्रयासहरू क्रमशः पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढिरहेका बेला विपद् बाट प्रभावित समुदायलाई दीर्घकालीन रूपमा साथ र सहयोग आवश्यक रहेको छ।

यस योगदानमार्फत लक्ष्मी सनराइज बैंकले प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनतर्फ फर्किन र पुनर्निर्माणका प्रयासलाई अघि बढाउन भइरहेका सामूहिक राहत तथा पुनःस्थापना अभियानमा आफ्नो तर्फबाट सहयोग पुर्‍याउने प्रयास गरेको छ।

बैंकले यस विपद्का कारण आफन्त, घर तथा जीविकोपार्जन गुमाएका सम्पूर्णप्रति गहिरो समवेदना व्यक्त गरेकाे छ। साथै, विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा निरन्तर खटिएका सरकारी निकाय, सुरक्षा निकाय, उद्धार तथा राहतकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति सम्मान व्यक्त गरेकाे छ।

लक्ष्मी सनराइज बैंक विपद् तथा कठिन परिस्थितिमा समुदायसँगै उभिँदै आएको छ। आगामी दिनमा पनि प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका प्रयासमा आफ्नो भूमिका निर्वाह गर्न बैंक प्रतिवद्ध छ।