भोटेकोशी रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा कांग्रेसको १ करोड सहयोग
काठमाडौं । भोटेकोशी रसुवा बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको छ। कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रुपैयाँ योगदान गरेको हो।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे।
रसुवाको भोटेकोशी क्षेत्रमा बाढीका कारण प्रभावित नागरिकहरूसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले राहत रकम उपलब्ध गराइएको कांग्रेसले जनाएको छ। चेक हस्तान्तरण कार्यक्रममा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरू अर्थ मन्त्रालय पुगेका थिए।












