एमभी दुगड ग्रुपका अध्यक्षद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ करोड १९ लाख सहयोग
काठमाडाैं । एमभी दुगड़ ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ करोड १९ लाख सहयोग गरेकाे छ। बाढीबाट विस्थापित नागरिकहरूको उद्दार, राहत तथा पुनर्स्थापनाका लागि संस्थाका अध्यक्ष मोतीलाल दुगडले उक्त रकम बराबरकाे चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
यस कठिन घडिमा प्रभावित परिवार तथा समुदाय प्रति ऐक्यबद्धता जनाउँदै एमभी दुगड़ ग्रुप तथा ग्रुपको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोग समेत गरी कुल रु. १ करोड ११ लाख रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हाे।
चेक हस्तान्तरण कार्यक्रममा ग्रुपका अध्यक्षका साथै उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडसहितकाे उपस्थिति थियाे। यस विपद्को सामना गर्न नेपाल सरकारसँग हातेमालो गर्दै मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्न एमभी दुगड ग्रुप सधैं प्रतिवद्ध रहेको पनि संस्थाले जनाएकाे छ।
गत भदाै १० गते रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट भएको ठूलो धनजनको क्षतिप्रति एमभी दुगड़ ग्रुप परिवार गहिरो दुःख व्यक्त गरेकाे छ। यस प्राकृतिक विपद्मा ज्यान गुमाएका नागरिकहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेकाे छ।यस्तै विस्थापित तथा प्रभावित नागरिकहरूको उद्दार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न संघ संस्थाहरूले गरिरहेको अथक प्रयासप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौं ।
यस प्रकारका विनाशकारी विपद् बढ्नुको एक प्रमुख कारण जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङ हो भन्ने विज्ञहरूको मत रहेको सन्दर्भमा, यो ग्रुपले वि.सं. २०७८ सालदेखि देशव्यापी रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ।
हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा तथा ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड, विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपी संरक्षण गर्ने कार्य भएको छ।
ग्लोबल वार्मिङको असर कम गराउने यस कार्यमा ग्रुप र ग्रुपका कर्मचारीहरू निरन्तर लागिपरेकाे र भविष्यमा पनि यस कार्यक्रमलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेकाे छ।












