एकैदिन ३५ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य ३ हजार ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ।
सोमबार प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार ५०० रुपैयाँले उकालो लागेको हो।
यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदीको मूल्य आज प्रतितोला १०० रुपैयाँ बढेको हो। मंगलबार चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने चाँदी तोलाको ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको थियो ।












