मोरङ उद्योग व्यापार संघद्वारा ‘जेन्जी शहीद दिवस’का अवसरमा दीप प्रज्वलन तथा मौन धारण
‘जेन्जी शहीद दिवस’का अवसरमा भदाै २३ गते मंगफबार मोरङ उद्योग व्यापार संघले दीप प्रज्वलन तथा भावपूर्ण श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थितिमा आज संघमा आयोजित उक्त कार्यक्रममा अमर जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरी उनीहरुको आत्माको चिर शान्तिको कामना गर्दै मौनधारण गरिएको थियो ।
सो अवसरमा बोल्दै संघका अध्यक्ष अनुपम राठीले जेन्जी शहीदहरुको बलिदानबाट आएको परिवर्तनलाई आत्मसात् गर्दै उनीहरुको सपना साकार होस् भन्ने कामना गर्नुका साथै, शहीदका अधुरा सपना पूरा गर्न र मुलुकको विकासमा निजी क्षेत्रका उद्योगी–व्यवसायीहरुबाट हरसम्भव सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा संघका अध्यक्ष अनुपम राठी सहित निवर्तमान अध्यक्ष नवीन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, उपाध्यक्ष विकास कुमार बेगवानी, महासचिव संजय कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाईं लगायतको उपस्थिति रहेको थियो ।












