स्ववियु चुनाव अनिश्चितकालका लागि स्थगित « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

स्ववियु चुनाव अनिश्चितकालका लागि स्थगित



काठमाडौं । आगामी फागुन १४ गते हुने तय भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ । त्रिवि कार्यकारी परिषदको सोमबार बसेको बैठकले विशेष कारण देखाउँदै अनिश्चितकालका लागि निर्वाचन स्थगित भएको जनाएको हो ।

त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने पुस २० गते निर्णय गरेको थियो । यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो । त्यतिखेर निर्वाचित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १४ गतेसम्म मात्र थप गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्