२९ भदौ २०८३, सोमबार

रसुवा बाडीपीडितका लागी पानस हेल्पिङ ह्याण्स युकेद्वारा १ करोड ५ लाख ८६ हजार ४ सय ११ रुपैयाँ सहयोग 



काठमाडौं । पानस पानस हेल्पिङ ह्याण्स युके नामक संस्थाले रसुवा बाढी पीडितका लागी १ करोड ५ लाख ८६ हजार ४ सय ११ रुपैयाँ प्रधानमन्त्री दैविक उद्धार तथा राहत कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ । 

सोमबार अर्थ मन्त्रालयमा पुगेर संस्थाका संस्थापक सुजन कटवाल एमबिईले सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरे । 

गत भदौ १० गते रसुवामा आएको भाषण बाढीका कारण हजारौँ मानिस बेपत्ता तथा हजारौँ घर तथा व्यावसायिक प्रतिष्ठानमा क्षति पु¥याएको थियो । सहयोग रकम युकेकै समाजसेवी डेन जोआना लुम्लीले सङ्कलन गर्न महत्त्वपूर्ण भूमिका खेलेकी थिइन ।