३१ भदौ २०८३, बुधबार

सुनको मूल्य घट्ने क्रममा ब्रेक: आज प्रतितोला १७ सयले बढ्याे, चाँदी पनि महँगियो



काठमाडौँ । नेपाली बजारमा लगातार घटिरहेकाे सुनचाँदीकाे मूल्य आज बढेकाे छ। हिजाे ताेलामा ०० रूपैयाँले घटेकाे सुन आज प्रतिताेला १ हजार ७ सय रुपैयाँ बढेको हाे।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ कायम भएकाे छ।

हिजाे छापावाल सुन प्रतिताेला प्रतितोला ३ लाख १ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ कायम भएको छ ।