संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा
काठमाडौँ। नेपाल टेलिकमले संविधान दिवसको अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ। अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराइने छ।
यस अफर अन्तर्गत कर सहित ४ सय ९९ रुपैँयामा अनलिमिटेड लाइट ४ सय ९९ प्याकेज प्राप्त गर्न सकिनेछ। यस प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्राप्त हुनेछ। ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।
त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकहरूका लागि कर सहित ६९९ रुपैँयामा अनलिमिटेड प्रो ६९९ प्याकेज उपलब्ध गराइएको छ । यस प्याकेज अन्तर्गत ३० दिनसम्म दैनिक १० जीबी डाटा प्राप्त हुनेछ। १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुको हकमा रेन्टल चार्ज समेत प्याकेजमा समावेश गरिएको छ । यो अफर यही असोज ०२ गतेदेखि असोज ०४ गतेसम्म (तीन दिन) उपलब्ध हुने छ। अफर प्राप्त गर्नका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गर्न वा नेपाल टेलिकम एपको प्रयोग गर्न सक्नेछन्।














