२ आश्विन २०८३, शुक्रबार

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज ३० अर्ब तान्दै राष्ट्र बैंक



काठमाडौँ। बैंकिङ प्रणालिमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैँया तरलता प्रशोचन गर्दै छ। राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैँया २८ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागेको हो।

उक्त निक्षेप संकलनका लागि आज दिउँसो ३ बजेसम्म अनलाईन बिडिङि प्रणाली मार्फत बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ जसमा कम्तीमा १० करोड र बढिमा १० करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरि कुल आव्हान रकम गर्न आवेदन गर्न पाउने ब्यवस्था गरिएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट “क”,“ख” र “ग” वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुने पाउने छन्। निक्षेप संकलनको लागि गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्रथामिकतामा राखी आव्हान गरेको रकमसम्म क्रमश: बाँडफाँड गरिने छ। समान ब्यजदर उल्लेख भएको बोल रकम समावेश गर्दा ‌कुल निष्काशित रकमभन्दा बढी भएमा प्रोराटा बेसिसमा बाँडफाँड गरिनेछ ।

निक्षेप संकलन उपकरणको भुक्तानी मिति असोज ३० गतेलाई तोकिएको छ।