४ आश्विन २०८३, आइतबार

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ आजको कारोबार ?



काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। शुक्रबारको तुलनामा प्रतितोला सुन आइतबार २ हजार १०० रुपैयाँले महँगिएको हो।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि असोज २ गते शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आइतवार चाँदीको भाउमा समेत सामान्य वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको महासंघले जनाएको हो।