५ आश्विन २०८३, सोमबार

सुनको भाउ तोलामा १३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य बढ्याे



काठमाडौं । साेमबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ। हिजाे २ हजार १०० रुपैयाँले बढेकाे सुनकाे भाउ आज तोलामा १३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजाे छापावाल सुन प्रतिताेला ३ लाख ५ हजार २ सय रुपैयाँमा काराेबार भएकाे थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८०५ रुपैयाँ कायम भएको छ ।